Digital clock

Monday, July 15, 2013

SAHID SUKRARAJ SHASTRI


शुक्रराज शास्त्री

शुक्रराज शास्त्रीको जन्म वि.सं १९५० साल भाद्र १३ गते रक्षाबन्धन पुर्णिमाको भारतको बनारसमा पिता माधवराज जोशी र माता रत्नमायाको सपुत्रको रुपमा भएको थियो । उनका पिता माधवराज जोशी ठूला ज्योतिषी थिए । उनी ज्योतिष विद्याको अध्ययनका लागि नै बनारस बसेका थिए । आफ्नै पिताले भविष्य अति उत्तम र ठूलो छ भन्ने भविष्यवाणी गरेतापनि पिताले सोचेभन्दा भिन्न भविष्य शुक्रराजको देखियो ।
उनी डेढ वर्षको हुँदा माधवराज जोशीको परिवार काठमाडौँ आएको थियो । त्यति वेला उनको पिताले आफ्नै कोखको बालक शक्तिशाली राणा शासनको पतनको कारण बन्नेछ भन्ने कल्पना सम्म पनि गरेका थिएनन् ।

शुक्रराज शास्त्रीले काठमाडौँमा केही वर्ष विताएका थिए । उनको पढाई घरबाट नै शुरु भएको थियो । उनको पिताले उनलाई घरमा नै संस्कृत पढाएका थिए । पछि उनी पढ्न भनेर दाजु अमरराजसँगै दरवार हाईस्कुलमा भर्ना भए । 

शुक्रराज शास्त्रीका पिता माधवराज जोशी आर्यसमाजका सदस्य थिए । उनले वि.सं १९५० देखि नै विशेष गरेर काठमाडौँ र पोखरामा आचर्यसमाजको प्रचारप्रसार गरेका थिए । उनी जाग्रत मान्छे थिए । त्यति खेरको नेपाली समाजमा राजनीतिक कार्य असम्भव भएकोले उनी सामाजिक र धार्मिक क्रान्तिद्धारा जनतामा चेतना जगाउन चाहान्थे । नेपाली समाजमा ब्याप्त पुरोहित वर्गको अनुचित दवाव, जातपात, छुवाछुत, कर्मकाण्ड, श्राद्ध, दान, मुर्तिपुजा इत्यादिको उनी विरोध गर्दथे । उनले आफ्नो बावुआमाको अन्त्यष्ति क्रिया पनि फरक ढँगले गरे । लास जलाउन लैजाँदा बाटामा रोएर जाने , आफन्तहरुलाई भोज खुवाउने, पुरोहितलाई मृतकको नाममा दान दिने काम उनले गरेनन् । यसबाट जनचेतना बढ्छ , रुढिवाद र पुरोहितवाद खत्तम हुन्छ भन्ने राणा शासक चन्द्रशमशेर र वडा गुरुजु प्रयागराजले बुझेका थिए ।  त्यसैले दुवै मिलेर उनका गुरु गुरुदत्तलाई चन्द्रशमशेरको बैठकमा गुरु पुरोहित र पण्डितका सामु शस्त्रार्थ गर्न बोलाइयो ।

त्यहाँ माधवराजले जातपात, श्राद्ध, मर्दापर्दा पुरोहितलाई दिइने दानको र पुरोहितवादको तर्कपुर्ण रुपमा खण्डन गरे । त्यति वेला उनले शुद्रले र स्वास्नी मान्छेले वेद पढ्नुहुन्छ , गायत्री मन्त्र पनि जप्नु हुन्छ भन्ने विचार राखे । मुर्ति पुजाको प्रशंंग उठ्दा पशुपतिको मुर्ति पनि ढुँगाकै कुदिएको हुँनाले पुजा गर्नु जरुरी छैन भन्ने विचार राख्दा त्यसमा समर्थन गर्ने उनका गुरु गुरुदत्त देश निकाला गरिए भने माधवराजलाई वडागुरुज्युले नेपालमा राजादेखि मानिआएको पशुपतिनाथलाई ढुंगा भन्नेलाई कुट्न पाउँ महाराज भनी नृशंस तरिकाले कुटपिट गरे, गराए । माधवराजको टाउको फ्ट्यो, रगतको टाटैटाटो भएको लुगामा माधवराजलाई प्रहरीले सिंहदरवारबाट तीन शहर घुमाई ठानामा ल्याएर थुन्यो । उनका छोराहरु अमरराज र शुक्रराजलाई दरवार हाईस्कुलबाट निकालियो । आर्यसमाजीहरुको हातको पानी चल्दैन भन्ने प्रचार गरियो । बावुको विचारबाट छोराहरु प्रभावित नहुन भनेर श्री ३ र पण्डितहरुले यस्तो गरेका थिए । माधवराजकी श्रीमती र परिवारको अरु नातेदारहरुसँग सम्बन्ध टुट्यो । चिनेजानेकाले नदेखेजस्तो गर्न थाले । चारैतिरको यस्तो बेइज्जतीबाट बच्न उनीहरुले बल्लतल्ल कमाण्डर इन चिफ भीम शमशेरबाट वीरगंज जाने राहदानी पाए र वीरगंज गए । त्यसबखत शुक्रराज १२ वर्षका थिए ।

थुनाबाट कैद मुक्त हुनु २० दिनअघि जुक्ति पु¥याएर भागेपछि माधवराज आफ्नो परिवार सहित भारत पसे । ज्योतिष पिताबाट संस्कृत सिक्न थालेका उनका छोराहरुले भारतीय आर्यसमाजद्धारा स्थापित सिकन्दवादको गुरुकुलमा थप प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । उक्त गुरुकुलका अध्यक्ष पण्डित मुरारीलाल शर्माको ब्यवस्थापनमा शुक्रराज शास्त्रीले शास्त्री परिक्षा पास गरे । त्यसपछाडी नै उनलाई शुक्रराज शास्त्री भन्न थालिएको थियो । पछि उनले पञ्जाब विश्वविद्यालयबाट एम ए परीक्षा पनि दिएका थिए ।

यस प्रकारको औपचारिक शिक्षाबाहेक शुक्रराज शास्त्रीले आफ्नो कष्टपूर्ण जीवन संघर्षबाट पाएको शिक्षा धेरै महत्वपुर्ण थियो । त्यसले उनलाई जीवन संघर्षमा स्पातजस्तै द¥हो बन्न मदत गरेको थियो । कुनै कसुर नगरी आफ्नो बाबुलाई निर्घात कुटेर तीन शहर घुमाई जेल हाल्नु,  बाबु जेल परेपछि आफूलाई स्कुलबाट निकाल्नु, पानी चल्ने घोषणा गर्नु इत्यादीबाट आफू र आफ्नाी आमासहित परिवारले जुन अवहेलना बेहो¥नु प¥यो, सानै उमेरमा हण्डर खानु प¥यो आफ्ना आमाले केटाकेटी हुर्काउन लुगा सिएर जुन संघर्ष गर्नुप¥यो र अन्त्यमा आफूहरु विदेशिनु प¥यो त्यसबाट राणा सरकारको नेपाली जनताप्रति कति जिम्मेवार थिए उनीहरु मान्छेलाई जनावरसरह ब्यवहार गर्दथे भन्ने कुरा उनका सामु प्रष्ट भयो । यसबाट शुक्रराजलाई अन्याय, अत्याचारको विरोध गर्ने भावना, क्रान्ति गर्ने प्रेरण, संघर्षमा दृढतापुर्वक लाग्ने र हाँसी हाँसी ज्यान दिनपनि सक्ने साहस प्राप्त भएको अनुमान गर्न सकिन्छ ।

शुक्रराज शास्त्रीले भारतको अलाहवादस्थित डि.ए.भी स्कुलमा चार वर्षसम्म प्रधान अध्यापक भएर काम पनि गरेक थिए । उनले हिन्दु महासभाका लागि दार्जलिङ्गमा पनि काम गरेका थिए । उनले भारतका चर्चित समाज सुधारक मनमोहन मालवीयसँग २ वर्ष सँगै काम गरेका थिए ।

शुक्रराज शास्त्रीको पहिलो विवाह वि.सं १९७५ फागुनमा काठमाडौँकै खड्क पप्र. गोर्खालीकी छोरी पद्मिनीदेवीसँग भएको थियो । शुक्रराज शास्त्री भारतमा नै रहदा उनको मृत्यु भयो । पछि वि. सं १९९४ मा उनको दोस्रो विवाह आदिभक्तकी छोरी शहिद धर्मभक्त माथमाकी बहिनी मेनकादेवीसँग भएको थियो । 
विवाहको एक वर्ष पछि नै आफ्नो पतिसँग उनको विछोड भएको थियो । विरहब्यथाले गर्दा सुत्केरी भएको केही घण्टापछाडी उनको र केही घण्टा पछाडी उनको नवजात छोरी दुबैको मृत्यु भएको थियो । शुक्रराजकी श्रीमतीले अन्तिम समयमा आफ्नो पतिलाई भेट्न गरेको याचना क्रुर राणा सरकारले स्वीकारेनन् र त्यही निराशा र चिन्ताको बीचमा उनको मृत्यु भयो ।











No comments:

Post a Comment