DR. SANDUK RUIT A MAN WITH MISSION.
आउँदा दिनमा आँखा उपचारलाई अझ प्रभावकारी बनाउन कम खर्चमा गणस्तरीय उपचार सेवा न्युन आर्थिक स्तरमा रहेका समुदाय तथा वर्गलाई लक्षित गरी विस्तार गर्ने लक्ष्य उनले लिएका छन् । तिलगंगालाई एशिया क्षेत्रकै प्रमूख तालिम केन्द्र बनाउने पनि उनको. योजना छ ।
नेपालको एउटा दुर्गम गाउँमा जन्मिएर आँखाको अन्धोपन निवारणकालागि नौलो प्रविधि विकास गरी विपन्न मानिसलाई पनि सर्वसुलभ एवम् गुणस्तरीय सेवा उपलब्ध गराई सफल शल्लक्रियामार्फत नया संसार देखाउन सफलता हासिल गरेका डा. रुइतको योगदान अविष्मरणीय छ । वि.सं २०६३ साल श्रावण १५ गते उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार पाएको घोषणा विद्युतिय संचार माध्यमबाट प्रशारण हुँदा सम्पुर्ण नेपालीको शिर गौरवले उचो भएको छ । यति ठूलो सम्मान पाउँदा पनि उनको कुनै घमण्ड छैन । उनी भन्छन – यसले नेपालीलाई नेपालमै बसेर काम गर्न सक्छ भनी प्रमाणित गरेको छ । दुख र संघर्षलाई कसै न कसैले पहिचान गर्दो रहेछ भन्ने अनुभूति भएको छ ।
डा सन्दुक रुइत को जीवनगाथाबाट हामी युवाहरुले आ–आफ्नो क्षेत्रबाट आफूमा भएका सृजनात्मक क्षमतालाई राष्ट्रको सर्वाङिगण विकासमा लगाउने प्ररणा पाउन सक्छौँ । साथै मानव सेवामा लाग्ने मानिसको कदर विश्वले गर्छ भन्ने कुरा पनि उनको जीवन गाथाबाट प्रमाणित हुन्छ ।
NAWA YUWA 108
आफ्नो जीवनको अमूल्य अँग आँखाको ज्योति गुमाएर अन्धकारमा भौतारिरहेकाहरुका लागि उज्यालो किरण प्रदान गरी सुनदर संसार चियाउन अवसर दिने डा. सन्दुक रुइतको जन्म सन् १९५४ सेप्टेम्वर ४ मा पुर्वी पहाडी जिल्ला ताप्लेजुङको तिब्बतसंगैको सिमावर्ती गाउँ ओलाङचुङगोलामा भएको थियो । उनी त्यस्तो धरातलमा जन्मिएका थिए, जहाँको जीवन कष्टकर र निरस सिवाय केही थिएन । कठिनाईमा नै मानिसको वास्तविक परिक्षा हुन्छ र जसले कठिनाइलाई पनि सहजताका साथ चुनौतिको रुपमा स्वीकार गरी आफ्नो लक्ष्यका अघि बढ्छ र ऊ सफल हुन्छ भन्ने कुरालाई उनले मनन् गरेका थिए । ११ दिनको कठिन यात्राबाट भारतीय सुन्दर शहर दार्जलिङ पुगी त्यहाँ रहेका सेन्ट रोवर्ट स्कुलबाट उनले कक्षा ८ सम्मभको अध्ययन गरे । उनले काठमाडौँमा रहेको प्रसिद्ध शैक्षिक संस्था सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी परीक्षा उतिर्ण गरेका थिए ।
त्रिचन्द्र कलेजबाट आईएस्सीको अध्ययनपश्चात् उनले भारतको लखनउबाट एमबीबीएस अध्ययन पुरा गरे । आफ्नो जीवनकोलाई मानव सेवामा नै अर्पण गर्ने बाल्यावस्थादेखिको आफ्नो सपनालार्य साकार पार्ने क्रममा उनले शुरुको पाँच वर्ष देशको जेठो अस्पताल वीर अस्पतालमा चिकित्सकको रुपमा काम गरे । आजभन्दा ३३ वर्ष अघि धनगढीमा सञ्चालन भएको आँखा शिविरमा धेरै मानिसहरु आँखाको उपचारको लािग आएका थिए, जसमा धेरै जनालाई मोतिविन्दु भएको थियो, आँखाको सफल शल्यक्रिया पश्चात उनीहरु पावरदार चश्माको सहायताले सुन्दु सँसार चियाउन सक्थे । छोटो समयमा ने धेरै मानिसहरुले आँखा देख्दाको अविष्मिरणीय क्षणले उनलाई आँखा विशेषज्ञ बन्न प्ररित गरेको थियो ।
सन् १९८१ देखि १९८२ सम्म नेपालमा अन्धोपनसम्बन्धी सर्वेक्षणमा सहभागी भई मुलुको २५ जिल्लामा भ्रमण गरी उनले अन्धोपनसम्बन्धी समस्याको बारेमा नजिकबाट साक्षात्कार गर्ने मौका पाए । सन् १९८४ मा अखिल भारतीय आयु्र्विज्ञान संस्थानमा आप्थेल्मोलनीमा स्नातकोत्तर गरी स्वदेश फर्के ।
आँखा सम्बन्धी उपचारमा ख्याती कमाएका अष्टे«लियाली नेत्र चिकित्सक फ्रेड हल्लोज सन् १९८५ मा विश्व स्वास्थ्य संगठनको तर्फबाट परामर्शदाताको रुपमा छनौट भई नेपाल आएका थिए । डा. रुइतको परिश्रमी स्वभावबाट प्रभावित भएर डा. फ्रेडले सन् १९८६ मा उनलाई मोतिविन्दुको उपचारमा विशषज्ञता हासिल गर्न अष्ट्रेलिया आमन्त्रण गरे । यसले उनको मानसपटलमा स्वास्थ्यको क्षेत्रमा नयाँ कुरा सिकेर राष्ट्रलाई अझ बढी योगदान गर्नुुपर्छ भन्ने भावना जागृत भयो ।
नेपाल जस्तो विकासोन्मुख देश, जहाँका जनता गरिवीमा पिल्सिएर रोग, भोक, अभावमा आफ्नो सम्पुूर्ण जीवन ब्यतित गर्न बाध्य भएका छन् , त्यहाँका जनताको अन्धोपनको मुख्य कारणका रुपमा रहेको मोतीविन्दुको उपचारलाई सरल र गुणस्तरीय बनाउने मूख्य ध्येय लिएर सन् १९९८ मा उनी फ्रेड हल्लोज, हल्लोज पत्नी ग्याबी र टिम म्याकरिन मिलेर नेपाल आई प्रोग्राम अष्ट्रेलिया–नेपाल स्थापना गरे । यस संस्थाको उद्देश्य नेपालमा अन्धोपन निवारणको लागि सहयोग जुटाई मोतिविन्दुको उपचार सर्वसुलभ र गुणस्तरीय बनाउनु थियो । यसका लागि स्वदेशी तथा विदेशी शभेच्छुकहरुको सहयोग जुटाउनु पनि थियो । आँखाको शल्यक्रियामा प्रयोग हुने अति गरिब राष्ट्रका लागि समेत उपयोगी, सुरक्षित, प्रभावकारी र मितब्ययी मोतिविन्दु शल्यक्रिया विधि इन्टा अकुलर लेन्स प्रविधिका साथ डा. रुइत नेपाल फर्के ।
उनेका टिमले नेत्र विज्ञानको लागि प्रयोग गरेका आधुनिक प्रविधि प्रयोग गर्नु अगाडी नेपालमा पुरानो प्रविधिबाट मोतीविन्दुको उपचार गरिन्थ्यो, जसबाट विरामीले पीडामात्र होइन, रोग बल्झिने समस्या पनि झेल्नुपथ्र्यो । उनीहरुले बाक्लो र पावरवाला चश्मा प्रयोग गनु पथ्र्यो । गुणस्तरीय आँखा स्याहार गरिब भन्दा गरीबसम्म पु¥याउनको लागि आत्मनिर्भर अस्पताल बनाउने पनि उनको धोको थियो । सन् १९८० को दशकको अन्त्यदेखि नै मातीविन्दुको शल्यक्रिया गर्ने प्रविधि सर्वसुलभ तथ गणस्तरीय पार्ने प्रयास गरेका उनले सन् १९९४ मा तिलगंगा अस्पतालको स्थापनापछि सो अस्पतालले आँखाको शल्यक्रियामा प्रयोग हुने अल्ट्रा अकुलर लेन्सको उत्पादन गरी त्यसको मुल्यमा कमी गर्नूका साथै विदेशमा समेत निर्यात गर्न सफल भयो । आम नेपालीलाई आँखाको स्याहार गर्नु पछै भन्ने भावनाको प्रष्फुटन गराई प्रशंसायोग्ग काम गर्न पनि यो सफल भयो । उनको कर्मथलो तिलगंगा आँखा अस्पतालले गणस्तरमा कुनै सम्झौता नगरी आँखा रोगीलाई सर्वसुलभ सेवा प्रदान गरी उदाहरणीय पहिचन बनाउन सफल भयो ।
डा. रुइतले ८० हजारभन्दा बढी नेत्ररोगीहरुलाई मोतीविन्दुको सफल शल्यक्रियामार्फत नयाँ संसार देखाउने सफलता हासिल गरेका छन् । उनले ५०० भन्दा बढी जनालाई इन्ट्रा अकुलर लेन्स प्रविधिको बारेमा तालिम दिएका छन् । उनको टिमले विकास गरेको यो प्रविधि अफ्रिकाको १० मलुक, दक्षिण अमेरिकाको ३ वटा मुलुक र एशियाका चार, उत्तर कारिया, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, भारत भुटान, चीनलगयतका मलुकमा उपयोगी सिद्ध भएको छ ।
मोतीविन्दुको शल्यक्रिया गर्ने प्रविधि न्युनतम सुविधाभएका विपन्न देशमा पु¥याउन योगदान गर्ने डार सन्दुक रुइतलाई सम्पन्न देश अष्ट्रेलिया र विभिन्न अन्तराष्ट्रिय निकायले उच्च ओहोदामा बसेर काम गर्ने अवसर पनि प्रशस्त मात्रामा दिएका थिए । तर उनले ती सबै प्रस्तावलाई लत्याएर नेपाल र नेपालीको सेवामा आफ्नो जीवनको अमूल्य २५ वर्ष विताएका छन् । उनले तिलगंगाको सेवालाई विस्तार गर्ने क्रममा घुम्ती शिविर मार्फत देशको सुगम देखि विकट गाउँमा समेत सेवा प्रदान गरेका छन् ।
मानव सेवाको लागि कुनै पनि अन्राष्ट्रिय पर्खालले छेक्दैन भन्ने मान्यता राख्ने उनले भियतनाम, भारत, कोरिया र चीनजस्ता मुलूकमा मोतीविन्दुबाट पिडित हजारौँलाई वनजीवन प्रदान गरेका छन् । उनको र तिलगंगाको मानवीय सेवाको उच्च कदर गर्दै विश्व प्रसिद्ध समाचार संस्था वि.वि.सी न्युजविक, टाईम्स रिडर्स डाईजेस्ट र नेसनल जोग्राफी च्यानल जस्ता संचार माध्यमहरुले महत्वपुर्ण स्थान दिएर यसको योगदानको बारेमा विश्वब्यापी रुपमा प्रचारप्रसार गरेका छन् । आफ्नो क्षमतालाई उपयोग गर्ने क्रममा सन् १९९५ मा डा. रुईत र अमेरिकाका आँखा विशेषज्ञ जेफ टाविन मिलेर संचालनमा ल्याएको प्रोजेक्ट पनि एसियाली मुलुकमा रहेका मोतीविन्दुका विरामीलाई आँखाको ज्योति प्रज्योलित गनृ कम्मर कसेर लागेको छ । उनी भन्छन् – आँखा उपचारमा नेपालले अन्राष्ट्रिय पहिचान बनाएको छ । तर यस क्षेत्रमा गर्न धेरै बाँकी छ । र सवैको पहुँचमा स्वास्थ्य सेवा पुगेको छैन । यसका लागि सरकारी नीति स्पष्ट हुनुपर्छ र स्वास्थ्यको क्षेत्र विकेन्द्रिकृत हुनुपर्छ ।
आउँदा दिनमा आँखा उपचारलाई अझ प्रभावकारी बनाउन कम खर्चमा गणस्तरीय उपचार सेवा न्युन आर्थिक स्तरमा रहेका समुदाय तथा वर्गलाई लक्षित गरी विस्तार गर्ने लक्ष्य उनले लिएका छन् । तिलगंगालाई एशिया क्षेत्रकै प्रमूख तालिम केन्द्र बनाउने पनि उनको. योजना छ ।
नेपालको एउटा दुर्गम गाउँमा जन्मिएर आँखाको अन्धोपन निवारणकालागि नौलो प्रविधि विकास गरी विपन्न मानिसलाई पनि सर्वसुलभ एवम् गुणस्तरीय सेवा उपलब्ध गराई सफल शल्लक्रियामार्फत नया संसार देखाउन सफलता हासिल गरेका डा. रुइतको योगदान अविष्मरणीय छ । वि.सं २०६३ साल श्रावण १५ गते उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार पाएको घोषणा विद्युतिय संचार माध्यमबाट प्रशारण हुँदा सम्पुर्ण नेपालीको शिर गौरवले उचो भएको छ । यति ठूलो सम्मान पाउँदा पनि उनको कुनै घमण्ड छैन । उनी भन्छन – यसले नेपालीलाई नेपालमै बसेर काम गर्न सक्छ भनी प्रमाणित गरेको छ । दुख र संघर्षलाई कसै न कसैले पहिचान गर्दो रहेछ भन्ने अनुभूति भएको छ ।
डा सन्दुक रुइत को जीवनगाथाबाट हामी युवाहरुले आ–आफ्नो क्षेत्रबाट आफूमा भएका सृजनात्मक क्षमतालाई राष्ट्रको सर्वाङिगण विकासमा लगाउने प्ररणा पाउन सक्छौँ । साथै मानव सेवामा लाग्ने मानिसको कदर विश्वले गर्छ भन्ने कुरा पनि उनको जीवन गाथाबाट प्रमाणित हुन्छ ।
NAWA YUWA 108
No comments:
Post a Comment